Skip This
नागरिकता विधेयकमा जनमत विभाजित नगरियाेस् : एमाले सांसद ज्ञवाली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २ बिहीबार १३:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयकमा जनमत विभाजित नगरियाेस् : एमाले सांसद ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार १३:१८:oo

एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो चेतावनी दिएका हुन्।

नागरिकताजस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रूपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्नेमा उनको जोड छ। ‘टाउकोको गणनाको आधारमा त ०३७ सालमा राजा वीरेन्द्रले पञ्चायतलाई जिताएको पनि घोषणा गरेका थिए। टिक्यो त्यो ? टिकेन। त्यसो भएर टाउकाको गणना ठूलो कुरा होइन । विवेकको गणनाचाहिँ सबभन्दा ठूलो कुरा हो,’ उनले भने।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रूपमा लिन सांसद ज्ञवालीले आग्रह गरेका छन्। उनले सो विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्नसमेत सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन्। बहुमतको आधारमा सो विधेयक जबर्जस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ।