मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २ बिहीबार १०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन नीतिविहीन छ : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
२०७९ भदौ २ बिहीबार १०:३२:००

नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञावलीले कांग्रेस माओवादीलगायतका दलहरूको गठबन्धन नीतिविहीन भएको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाग्लुङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले पाँचदलीय गठबन्धन र थपिँदै गएका दलको गठबन्धन नीतिविहीन भएको दाबी गरे ।

उनले कुनै नीति र मुद्दा नमिल्नेबीचको गठबन्धन केवल सत्ता प्राप्तिका लागि मात्र भएको बताए । ‘संघीयताको विरोध गर्ने चित्रबहादुर केसीको राजमो पनि यहीँ छ । १४ प्रदेश बनाउनुपर्छ भनेर माग राख्ने उपेन्द्र यादवको पार्टी पनि यहीँ छ । ज्ञवालीले भने, ‘न यिनीहरूका मुद्दा मिल्छन् न नीति ।  यो गठबन्धन केबल सत्ता प्राप्तिका लागि मात्र हो । यसको हिसाबकिताब जनताले गर्ने वेला आएको छ ।’ 

ज्ञवालीले नेपाली कांग्रेस र नेकपा माओवादीका पनि कुनै एजेन्डा नमिल्ने बताए । उनले गठबन्धनका दलहरूको कामप्रति जनता आजित भएको हुँदा आउँदो मंसिरमा हुने निर्वाचनमा नेकपा एमालेलाई देशकै पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । ज्ञवालीले नेकपा एमालेसँग कुनै दल पनि एक्लै लड्ने आँट नभएरै गठबन्धन गर्न लागेको बताए ।