मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुसेवा विधेयकविरुद्ध आन्दोलनमा होमियो भेटेरिनरी एसोसिएसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o७:oo

पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकमा पशुपालन क्षेत्रलाई तहसनहस बनाउने प्रावधान राखिएको भन्दै नेपाल भेटेरिनरी एसाेसिएसन बुधबारदेखि आन्दोलनमा उत्रिएको छ। चरणबद्ध आन्दोलनमा उत्रिएको एसाेसिएसनले विधेयकमा आफ्ना माग सम्बोधन नभए अत्यावश्यकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको हो। 

पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक एउटै मानिएको, दुवै अर्थ लाग्ने गोलमटोल शब्दहरू राखी विधेयक पारित गरिएको र त्यसलाई सच्याउन आग्रह गर्दा पनि नमानेकाले आन्दोलनमा उत्रनुपरेको एसाेसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले बताए। ‘विदेशमा रहेका दक्ष जनशक्ति स्वदेश भित्र्याउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गरिँदै छ,’ एसाेसिएसनको विज्ञप्तिमा भनिएको छ,‘यस विधेयकमा भएका कमजोरीलाई सम्मानित राष्ट्रिय सभाबाट सच्याई हाम्रा जायज मागहरू सम्बोधन गर्न जोडदार माग गर्दछौँ।’  

एसाेसिएसनले बुधबार कालो पट्टी बाँधेर विरोध जनाएको छ। त्यस्तै, २ भदौमा कार्यस्थलमा पेन डाउन र कामकाज बन्द गर्ने, ३, ४ र ५ भदौमा अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिभिटी र शिक्षा विभागअन्तर्गतका स्कुलहरूमा अनिश्चित कालीन रूपमा अध्ययन अध्यापन बन्द गर्ने निर्णय गरेकाे छ। त्यस्तै, ६ भदौमा केन्द्रीय भेला गरेर ७ भदौमा उसले विशेष साधरणसभा बोलाएको छ।