१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Tuesday, 01 July, 2025
२o७९ भदौ १ बुधबार १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा जिप दुर्घटना हुँदा  पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार १७:१८:oo

दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा आउँदै गरेको जिप शैल्यशिखर नगरपालिका ६ उलानीमा दुर्घटनामा परेको हो ।

से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।