मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस अब प्रचण्डको कार्यकर्ता हाे : अ‍ोली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार १६:४३:००

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस पार्टी प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका छन् । ओलीले कांग्रेस लोकतन्त्र, नीति, विचार र सिद्धान्त सबै परित्याग गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिपछि हिँड्न थालेको आरोप लगाएका हुन् । पूर्वमन्त्री तथा जसपाका उपाध्यक्ष हेमराल राईसहित करिब दुई दर्जन केन्द्रीय तहका नेताको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।

‘कांग्रेसले पहिले प्रजातन्त्र भन्थ्यो आजकाल भन्न छाड्यो, प्रजातन्त्र सिद्धियो, गठबन्धन भन्न थाल्यो । नीति के हो ?गठबन्धन, कार्यक्रम के हो ? गठबन्धन, कहाँ पुग्ने हो भन्दा- गठबन्धन, के गर्ने–गठबन्धन कांग्रेस अब लोकतान्त्रिक पार्टी रहेन’ ओलीले भने,‘कांग्रेस अब प्रचण्डको कार्यकर्ता हो । माओवादी भनेको कुनै पार्टी होइन, प्रचण्ड एन्ड कम्पनी हो । त्यसैको पछिपछि लुरुलुरु हिँडिरहेको छ ।’

विगतमा प्रजातन्त्रका लागि लडेको, देशको हितमा थुप्रै पटक काम गरेको इतिहास बोेकेको पार्टी भए पनि माओवादीको पछि लागेर कांग्रेसले आफ्नो पहिचानसमेत गुमाइसकेको ओलीको दाबी छ । 

माओवादीले पनि जनवाद ल्याउँछु भन्दै अनेक सपना देखाएर सहिद परिवार र घाइतेहरूलाई बिचल्ली बनाइरहेको अहिले कांग्रेसको पछिपछि कुदिरहेको उनको भनाइ छ । राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णयमार्फत ललकारेर संसद्को अपमान गरिएको ओलीको भनाइ छ ।