१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ भदौ १ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : प्रमुख साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ भदौ १ बुधबार १०:३३:००

प्रहरी प्रशासनको सहयोगमा आज पनि फोहोर ढुवानी हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने आफ्नो उद्देश्य नभएको प्रस्ट पारेका छन् ।  फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख साहले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा हामी इमानदार, सचेत र संवेदशनशील छौँ ।’

गएको जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालू आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरे ।

प्रहरी प्रशासनको सहयोग लिएर मंगलबार एक सय ८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । 

आज पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानीको तयारी

काठमाडौं महानगरले आज पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानीको तयारी गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बन्चरेका नायव निरीक्षक युवराज रिजालका अनुसार स्थानीयहरू डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोलानजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् । 

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार फोहोर बोकेर गएका एक सय सवारीसाधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकाले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।