१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
सांकेतिर तस्बिर
Invalid date format १९:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इलाममा सिसाको पुलसहितको साइकल मार्ग निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१९:oo

इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकल मार्ग निर्माण हुने भएको छ। नगरपालिकाले सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल मार्ग निर्माण                 गर्ने भएको हो।

सूर्योदय नगरपालिकाको कन्यामस्थित डुँडेगैरादेखि ऐतिहासिक खलंगा रहेको पूर्णेडाँडासम्म साइकल मार्ग निर्माण हुने  बताइएको छ। सुरुमा परियोजनाको कुल लागत रु सात करोड ५५ लाख अनुमान गरिए पनि सिसाको पुलको लागत बढ्ने भएपछि परियोजनाको लागत रु १० करोड पुग्नेछ। सो मार्गले स्थानीय चार हजार आठ सय ७५ परिवारको आयआर्जनमा सहयोग पुग्ने बताइएको छ।

एक वर्षभित्रमा सञ्चालमा आउने सो मार्ग निर्माण भएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन्। नगरपालिकाको रु सात करोड ५० लाख, प्रदेश नम्बर १ को नवप्रवर्धन साझेदारी कोषको रु एक करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपूरक अनुदानको रु एक करोड लागतमा साइकल मार्ग निर्माण हुनेछ।

गत जेठ ११ गते नगरपालिका र नवप्रवर्धन साझेदारी कोषबीच सम्झौता भएपछि मार्गको प्रारम्भिक काम सुरु भएको सूर्योदय नगरपालिकाका आर्किटेक्ट तथा सो कार्यक्रमका फोकल पर्सन सिजन गदालले जानकारी दिए। परियोजनाअन्तर्गत नगरपालिकाको मानेडाँडामा एक सय ५० मिटर लामो सिसाको पुल निर्माण गरिने गदालको भनाइ छ। साथै, लोपोन्मुख लेप्चाजातिको संग्रहालय स्थापना गरिनेछ । परियोजनाको मन्युमेन्ट पार्क, हेल्थ पार्क र चारवटा शौचालय निर्माण गर्ने योजना रहेको छ।