मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पपछि रामेछापमा ३८२ विद्यालय भवन पुनर्निर्माण भए

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

२०७२ सालको विनासकारी भूकम्पले भत्किएका ४ सय १९ वटा सामुदायिक विद्यालयमध्ये हालसम्म ३ सय ८२ वटा विद्यालयको पुनर्निर्माणको काम सकिएको छ। भूकम्पले भत्किएका ४ सय १९ वटा विद्यालयमध्ये विद्यार्थी संख्या न्यून भएका १५ वटा विद्यालयनजिकका अन्य सामुदायिक विद्यालयमा गाभिएका छन्। 

विद्यार्थी संख्या न्यून भएर गाभिएका विद्यालयहरूबाहेकका विद्यालयहरूको भवन पुनर्निर्माण भएका हुन्। जसमध्ये २२ वटा विद्यालयको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका इकाइ प्रमुख भरत भट्टराईले जानकारी दिए।

रामेछापमा विद्यालय पुनर्निर्माणको लागि नेपाल सरकार, एसियाली विकास बैंक र छिमेकी राष्ट्र भारत सरकारको गरी कुल १ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ। हालसम्म एसियाली विकास बैंकमार्फत १७ वटा विद्यालयका भवन निर्माण हुनुपर्नेमा १५ वटा निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको र बाँकी २ वटा विद्यालयको भवनको काम भइरहेको छ।