Skip This
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि संसदमा प्रक्रिया थाल्ने गठबन्धनको निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Wednesday, 17 September, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३१ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि संसदमा प्रक्रिया थाल्ने गठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १४:o५:oo

राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई सत्तागठबन्धनका दलहरूले फेरि संसदमा प्रक्रिया थाल्ने भएका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे।

‘राष्ट्रपतिज्यूलाई रहेको संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसद्ले पुनः विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको उक्त विधेयकलाई संसदमा तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ बैठकको निर्णयमा भनिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा मंगलबार नै पेस भइसकेको छ।