मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ श्रावण ३० सोमबार २२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
२०७९ श्रावण ३० सोमबार २२:५२:००

दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका– ४ का वडाध्यक्ष मानबहादुर सुनुवार पक्राउ परेका छन् । एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका– ४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता नै परिवर्तन गरी बहिनीको सर्टिफिकेटका आधारमा वडा कार्यालयमा जन्मदर्ता गराई नागरिकताको सिफारिस लिएकी थिइन् । बस्नेतलाई जन्मदर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी बस्नेत र नागरिकताको सिफारिस दिने वडासचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । 

दोहोरो नागरिकताको सिफारिस दिएको आधारमा वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएपछि वडाध्यक्ष फरार भएका थिए । रामेछाप जिल्ला अदालतले वडाध्यक्षसमेतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएअनुसार सुनुवारलाई आइतबार पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका तीनैजनालाई दोहोरो जन्मदर्ता बनाई दोहोरो नागरिकता लिन लागेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।