निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १७ सोमबार
  • Monday, 03 October, 2022
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिमा रकम भुक्तानीबारे चिन्ता लिन आवश्यक छैन : स्वास्थ्यमन्त्री खापुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १८:११:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बिमासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बिमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताएका हुन् । 

मन्त्री खापुङले अहिले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताए । मन्त्री खापुङले स्वास्थ्य बिमाबापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरूका कमीकमजोरी देखिएको बताए । स्वास्थ्य बिमा गर्ने व्यक्तिहरूले समेत बिमा गरेकै छु भनी आवश्यकताभन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको उनको भनाइ थियो । उनले  सरकार स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्याउने र बिमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिए । ‘स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयार छ । स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नै हुँदैन कि भन्ने चिन्ता छ । त्यो विषयमा चिन्ता लिनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘स्वास्थ्य बिमा राज्यको एउटा कार्यक्रम हो ।’

दरबन्दी र कामै नभएको आर्यघाटमा समेत सातजना डाक्टर रहेको भन्दै मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भए पनि काम केही नभएको बताए ।