मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व : गृहमन्त्री खाण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १७:११:००

गृहमन्त्री बालकृष्ण खाणले विधिको शासन र मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन्। सोमबार कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाणले विधिको शासन र मानवअधिकारलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले सरकार मानवअधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको बताए । ‘विधिको शासन र मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधारशीला हो । यसलाई सबल र सुदृढ गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल गराउनु हामी सबैको साझा दायित्व हो,’ उनले भने । 

नेपालले मानवअधिकारको पक्षमा अन्तर्राष्ट्रिय प्रोटोकलहरूमा दस्तखत गरेको र नेपालको संसदबाट अनुमोदन पनि गरेकाले मानवअधिकारको क्षेत्रमा सरकार पारदर्शी र उत्तरदायी रहँदै आएको उनको भनाइ थियो । मन्त्री खाणले मानवअधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरूले खबरदारी गरिरहेको भन्दै मानवअधिकारकर्मीहरूको प्रशंसासमेत गरे ।