१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५९:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्ने बताएका छन्। विगतमा स्विट्जरल्यान्ड, सिंगापुर,  जापानजस्तो बनाउने भनिएको उल्लेख गर्दै उनले नेपाललाई आफ्नै मोडेलमा विकास गर्नुपर्ने उल्लेख गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ। विगतमा कतिपयले सिंगापुरजस्तो, स्विट्जरल्यान्डजस्तो, जापानजस्तो इत्यादि पनि भन्यौँ । तर, अहिले सबैतिरको स्थिति हेर्दा नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ।’

नेपालको इतिहास, भूगोल, संस्कृति, जातीय बनोटअनुकूल नेपाली मोडेलको विकास गरिनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ। त्यसका लागि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको जग निर्माण, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनजस्ता कार्यलाई प्राथमिकता दिनुपर्ने उनले औँल्याएका छन्।