मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १२:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षा रणनीति र निर्वाचनका चुनौतीबारे छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १२:२९:००

केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा आगामी मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सुरक्षा रणनीति र निर्वाचन सम्पन्न गर्न देखिन सक्ने चुनौतीबारे छलफल भएको छ।

निर्वाचनको व्यवस्थापन कसरी गर्ने, तयारी कसरी अगाडि बढाउने, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ति परिचालनका विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। प्रवक्ता पोखरेलका अनुसार निर्वाचनका लागि के–के विषय चुनौती हुन सक्छन् र ती विषयको समाधान कसरी खोज्ने भन्ने विषयमा पनि छलफल भयो।

बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका समिति टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ बनाएको छ। त्यस्तै, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय गरेको छ। पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाइने भएको छ।

प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाइने भएको छ। त्यस्तै, प्रदेशस्तरमा कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेल र जिल्लास्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल बनाउने निर्णय पनि भएको छ।

बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकताअनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय पनि गरेको छ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षाविज्ञ सुनील खनाल, प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक वसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव वसन्त भट्टराईलगायत सहभागी थिए।