१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३o:oo

साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो लागेको छ। त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनहरू नेपालसहित भारतबाट समेत आएका छन्। साउनको सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा–आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष मानिने भएकाले भक्तजनको उल्लेख्य सहभागिता देखिन्छ। भक्तजनको भिड व्यवस्थापन गर्न मोटरगाडीलाई रामनगरबाट प्रवेश गरी आँपटारीबाट निस्कने तथा झुलुंगे पुलमा दुईवटा लाइनको व्यवस्था गरिएकाे छ।

तस्बिरहरू :

 

ad
ad