मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ३० सोमबार १o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक प्रकरण : तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १o:४८:oo

संसदबाट पास भएर सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाएकोप्रति नेपाल तरुण दलले आपत्ति जनाएको छ ।

कांग्रेसनिकट युवा संगठन तरुण दलले अराजनीतिक बहाना र प्रपञ्चको आधारमा प्रमाणीकरणविना प्रतिनिधिसभामा पठाइएको आरोप लगाएको छ । राष्ट्रपतिको यो कदम नागरिकताविहीन नेपाली जनतामाथिको अपमान भएको भन्दै तरुण दलले राष्ट्रपतिले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ ।

राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकताविहीन नागरिकलाई संविधानले दिएको सार्वभौम अधिकारसमेत कुण्ठित हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिक फेरि अन्धकारको भुमरीमा धकेलिएको तरुण दलको ठहर छ ।

राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने र नदिए महाभियोग लगाएर पदमुक्त गर्न सरकारसँग माग गरेको छ ।