मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Saturday, 12 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंलाई नै नेपाल ठान्नेहरूबाट देश विकास हुँदैन : प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १२:५o:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौंलाई नै नेपाल ठान्नेहरूबाट देश विकास नहुने दाबी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंमा अध्ययन गरेपछि आफ्नै ठाउँमा गएर विकास गर्नुपर्ने आशय व्यक्त गरेका छन्।

‘काठमाडौंलाई नै नेपाल ठान्नेहरूबाट देशको विकास हुन सक्दैन। स्विट्जरल्यान्डमा प्रदेशलाई क्यान्टोन भनिन्छ । त्यहाँ अध्ययन, उपचार, रोजगारीका लागि एक क्यान्टोनबाट अर्को क्यान्टोनमा गएपछि अन्ततः आफ्नै क्यान्टोनमा फर्कनुपर्ने र विकास गर्ने व्यवस्था छ। यस्तो व्यवस्था संसारको धेरै देशमा छ। नेपालमा यस्तो छैन । त्यसकारण नेपालमा पनि यो व्यवस्था गर्न जरुरी छ,’ सुवालले भने।

खराब ठेकेदार, मिटरब्याजी, कालाबजारी र तस्करबाट डराएको आरोप लगाउँदै उनले वर्तमान सरकारको कुनै औचित्य नभएको उल्लेख गरे। काठमाडौंका धेरै सडक निर्माणको काम अलपत्र पारेर बसेको शैलुङ कन्स्ट्रक्सनबाट अविलम्ब काम पूरा गराउन सुवालले माग गरेका छन्। डेढ लाख ऋणको ८० लाख ब्याज असुल्ने मिटरब्याजीलाई कारबाही नगरेको भन्दै उनले सरकारप्रति आक्रोश  व्यक्त गरेका छन्।

सांसद सुवालले सांसदहरूले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानबिन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।