Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १२ बुधबार
  • Wednesday, 28 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार ०७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीको व्यंग्य– कांग्रेस लौरो टेकेर पनि उभिन नसक्ने भयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार ०७:५३:००

एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धन गरेकोमा कांग्रेसप्रति व्यंग्य गरेका छन् । शनिबार भएको नेपाल लोकतान्त्रिक शेर्पा संघको कार्यक्रममा ओलीले बैसाखीको साहाराले समेत कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धाका उभिन डराइरहेको आरोप लगाए । 

‘मान्छे त ठीकै छ त्रिहतर, असी, पचासी वा नब्बे वर्षमा अलिकति बुढ्यौली लाग्छ । एउटा पार्टी त असी, नब्बे वा दुई सय वर्षमा पनि जवान हुन्छ नि । कांग्रेसलाई के भएको हो ? लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो, अडिनै नसक्ने र खुट्टै टेक्न नसक्ने भइसक्यो,’ ओलीले भने, ‘अनि प्रचण्ड खोज्या छ, अर्को खोज्या छ, लौ न हात समाऊ यता भनेको छ । के भएको त्यस्तो ? पार्टी नै त यति सारो हुनु नपर्ने ।’ 

ओलीले कांग्रेसले देशको राजनीतिलाई झगडा र दुस्मनीतर्फ लैजान खोजेकाले बाह्य शक्तिले खेल्ने खतरा देखिएको बताए । ‘गलतको संगतमा परेर हो कि नियत नै त्यस्तै भएर हो, कांग्रेसले लोकतन्त्रलाई गलत दिशातर्फ लान खोजेको छ । कांग्रेसले राजनीतिलाई दुस्मनीतर्फ, लडाइँ झगडातर्फ लैजान खोजिरहेको छ,’ ओलीले भने, ‘जो भोलि देशका लागि अत्यन्त दूर्भाग्यपूर्ण हुनेछ । देशमा द्वन्द्वको स्थिति हुन सक्छ । त्यसलाई बाह्य शक्तिले आफ्ना निम्ति प्रयोग गर्न सक्छन् । देशको अस्तित्व खतरामा पर्न सक्छ ।’