१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
मनीष खड्का रुकुम पूर्व
Invalid date format १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पूर्व दुर्घटना : घाइतेहरूलाई हेलिकोप्टरबाट नेपालगन्ज लगियो

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
नयाँ पत्रिका
Invalid date format १५:१४:oo

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज लगिएको छ।

आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लोसेरा गाउँनजिकै दुर्घटना भएको थियो। दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रवीन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवानहरू सन्तोष बुढामगर, इन्द्र घर्ती र लक्ष्मण पुन घाइते भएका छन्।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीरूलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ। गाडी सडकबाट झन्डै सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न कसेको छैन।