मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार १५:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निहारिकालाई भेटेपछि सरकारलाई बालेनकाे प्रश्न –न्याय खोज्दा एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्याचार हो ।

यो अत्ति हो, यो अत्याचार हो । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार १५:०७:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुलुकमा कानुनी राज्यको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत निहारिका राजपुतलाई भेटेर फर्किएपछि शाहले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका हुन् ।

उनले न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ? भन्दै राज्यलाई प्रश्न गरेका छन् ? उनले कानुनीराज्यमा यस्तो अत्याचार नहुने भन्दै आलोचना गरेका छन् ।  उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।’

१७ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, बलात्कारको क्रममा गर्भ रहेपछि जन्मिएको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका तीन वर्षदेखि आन्दोलित छिन् ।

गत ३ असारमा सरकारले उनीसँग पाँचबुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बसेकी निहारिकाले हिजो राष्ट्रपतिनिवासअगाडि आफैँलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।