मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७९ श्रावण २८ शनिबार ०९:१४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धवनले कुकलाई  बिदा दिएनन्

Read Time : < 1 मिनेट
एजेन्सी
२०७९ श्रावण २८ शनिबार ०९:१४:००

भारतीय क्रिकेट टोलीका बायाँहाते ब्याट्सम्यान शिखर धवन शान्त स्वभावका मानिन्छन् । साथीहरूसँग मिलनसार कुरा गर्ने र व्यवहार देखाउने धवनको सुन्दर पक्ष हो । पछिल्लो एक घटनाले धवनको अर्को रूप देखियो । वेस्ट इन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले घरेलु टोलीमाथि सानदार जित निकाल्यो । 

धवनले वेस्ट इन्डिज भ्रमणमा निजी कुकसमेत साथमा लगेका थिए । धवनले कुक सँगै लैजानुको मुख्य उद्देश्य नै वेस्ट इन्डिजमा दैनिक डाइट नबिग्रियोस् भन्ने थियो । बिहानदेखि बेलुकसम्मको परिकार कविर नवाजुद्दिनले बनाउँथे । दैनिकको कुकिङले नवाजुद्दिन दिक्क भइसकेका रहेछन् । नवाजुद्दिनलाई धवनले कुन–कुन समयमा के खाने भन्ने स्पष्ट थाहा थियो । धवनलाई बाहिरको खान त्यति मीठो लाग्दैन ।

वेस्ट इन्डिजको भ्रमण क्रममा नवाजुद्दिनले धवनसँग दुई–चार दिनको बिदा मागेका रहेछन् । नवाजुद्दिन छुट्टी बस्दा धवनको नियमित खानपिनमा समस्या आउने स्वाभाविक थियो । धवनले आफ्ना निजी कुक नवाजुद्दिनको बिदा स्वीकृति गरेनन् । नवाजुद्दिन जसरी पनि बिदा आवश्यक परेको मागमा अडिक भएर बसे । दुई पक्षीय सम्झौताअनुसार कामदारले आवश्यक पर्दा छुट्टी लिन सक्ने व्यवस्था थियो । 

यही आधार मानेर नवाजुद्दिनले धवनसँग बिदा मागेका थिए । धवनले विदेशी भूमिमा सम्झौताको अर्थ नरहने कुकलाई सुनाए । कुक नवाजुद्दिनले स्वदेश वा विदेशी भूमिमा सम्झौताअनुसार क्लाइन्टले नियम पालना गर्नुपर्ने दाबी गरे । छुुट्टी दिन मिल्ने वा नमिल्ने भन्ने सन्दर्भमा दुईबीच निकै विवाद चल्यो । यी दुईबीच भनाभन चलिरहँदा भारतीय एक खेलाडीले भिडियो सुट गरेका थिए । 

जुन भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ । सोसल मिडियामा धवनले आफ्ना कुकलाई बिदा दिनुपर्ने तर्क राखेका छन् । त्यही नै धवनको रिसाहा र नराम्रो व्यवहारबाट समर्थक दुःखी बनेका छन् ।