१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २७ शुक्रबार १४:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिगको मिति प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार १४:५९:oo

नेपाली फुटबलको मेरुदण्ड ‘ए डिभिजन लिग’ ८ पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगको मिति प्रस्ताव गरेको हो । करिब तीन महिना चल्ने लिग ४ चैतमा सकिनेछ ।  

एन्फा महासचिव किरण राईले ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्नका लागि प्रस्ताव गरिएको जानकारी दिए । राष्ट्रिय लिगको विषयमा भने निर्णय भएको छैन । 

एन्फा निर्वाचनअघि पंकजविक्रम नेम्वाङले राष्ट्रिय लिग गर्ने आफ्नो एजेन्डा बनाएका थिए । तर, एन्फाले यसबारे तत्काल भने केही निर्णय गरेको छैन । गत वर्ष पनि राष्ट्रिय लिग गर्ने भनिको थियो, तर आयोजना हुन सकेन ।