१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लक्ष्मी मिजारको आत्महत्या दुरुत्साहन कसुरमा आफ्नै श्रीमान् र छोरा अनुसन्धानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१३:oo

लक्ष्मी मिजार मृत्यमा उनको छोरा राहुल मिजार र श्रीमान् रमेश मिजारलाई आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान अघि बढाइएको छ। चितवन जिल्ला अदालतबाट २४ साउनमा पक्राउ अनुमति प्राप्त भई म्याद थप अनुमति प्राप्त लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पूर्वी चितवनको खैरहनी—१, सिमलघारीकी ४२ वर्षीया लक्ष्मी मिजार आफ्नै घरको कोठाभित्र रहेको दराजको ह्यान्डलमा सलको पासो लगाई झुन्डिएको अवस्थामा २२ साउनमा फेला परेकी थिइन् । प्रहरीले मृतकको श्रीमान रमेश मिजारलाई सोही दिन पक्राउ गरेको थियो ।