१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवतीलाई जबर्जस्ती यौन क्रियाकलापमा लगाउने होटेल सञ्चालिका पुर्पक्षका लागि थुनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:o५:oo

युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने एक महिलालाई पुर्पक्षाका लागि थुनामा पठाइएकाे छ । तनहुँको साबिक पोखरी भञ्ज्याङ गाविस–५ घर भई चितवनकाे भरतपुर– १ मा कल्पना होटेल एन्ड गेस्ट हाउस सञ्चालन गर्दै आएकी ४० वर्षीया कल्पना महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे। 

महरालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा अनुसन्धान गरी जिल्ला अदालत चितवनको २५ साउनको आदेशअनुसार मानव बेचबिखन मुद्दामा पुर्पक्षको लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । २२ वर्षीया एक युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्ने पीडितको जाहेरीको आधारमा उनलाई ३१ असारमा वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको थियो । 
 

ad
ad