१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
बुधबार खाँदबारी–९ तुम्लिङटारमा बजार अनुगमन गर्दै ।
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको तुम्लिङटारमा बजार अनुगमन

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

संखुवासभाको खाँदबारी नगरपालिका–९स्थित तुम्लिङटारमा बजार अनुगमन गरिएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, संखुवासभा उद्योग वाणिज्य संघ र पत्रकार महासंघलगायतका टोलीले संयुक्त रूपमा बजार अनुगमन गरेको हो। 

तुम्लिङटारको कत्लेभञ्ज्याङदेखि तुम्लिङटार आसपास रहेको मुख्य–मुख्य खाद्य सामग्री राखेको पसल, डिलर, होटेल, मदिरा पसल, माछा मासु व्यवसायलगायतको बजार पसल अनुगमन गरिएको थियो। बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढी लिएको गुनासा आउने र खाद्यवस्तुहरू उपभोक्ताको हितअनुकूल छ छैन भनेर वेला–वेला अनुगमन गर्ने गरिएको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका प्रमुख प्रेमचन्द्र कुलुङले बताए। उनका अनुसार तुम्लिङटारमा बजार, पसल र होटेलको अनुगमन गरिएको थियो भने बजार, पसलमा म्याद गुज्रेका सामग्री छ/छैन, मूल्यसूची टाँस गरेको छ/छैन र होटेलको किचनमा गुणस्तरीय छ/छैन भन्नेबारेमा अनुगमन गरिएको थियो। 

अनुगमनका क्रममा व्यवसायीहरूलाई सम्झाउने बुझाउने काम गरिएको थियो। स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिनाइजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गर्नेसमेत जनाएको छ। समय–समयमा जिल्ला प्रशासन कार्यालय र खाँदबारी नगरपालिकालगायतका स्थानीय सरकारले वेला–वेलामा बजार अनुगमन गर्दै आएको छ।