१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १ मंगलबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोहोरो नागरिकता दिन सिफारिस गर्ने वडा सचिव प्रक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:३३:oo

एकै व्यक्तिलाई दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ प्रीतिका वडा सचिव पदमकुमारी बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै गाउँकी नाता पर्ने उमाकुण्ड गाउँपालिका–४ प्रीतिकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी पुनः दोस्राेपटक नागरिकता बनाउन वडाबाट सिफारिस दिएकी थिइन्। निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता प्राप्त गरिसकेकी थिइन्। 

बस्नेतले आफ्नै बहिनीको स्कुलको सर्टिफिकेटको आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेस गरेपछि वडा सचिव पक्रउ परेकी हुन्। प्रशासन कार्यालय रामेछापले बस्नेतले पेस गरेको कागजको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि सोधपुछ गर्दा दोहोरो नागरिकता लिन खोजेको देखिएको हो।

प्रशासनले बस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा सचिव पदमकुमारी बस्नेतलाई नियन्त्रणमा लिन निर्देशन दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। उनले भने, ‘दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । अनुसन्धानपछि सिफारिसको विषयमा थप विवरणहरू आउन सक्ने साथै अन्य व्यक्तिहरू पनि यसमा संलग्न भए नभएको यकिन हुनेछ ।’

ad
ad