निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
२०७९ श्रावण २५ बुधबार १८:१०:००
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

नारीको अपमान : मुख्यमन्त्रीलाई सारी, चुरा र पेटिकोट उपहार !

Read Time : > 1 मिनेट
२०७९ श्रावण २५ बुधबार १८:१०:००

पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा कहिले सतीप्रथाको नाममा त कहिले संस्कारको नाममा सदिऔंदेखि नारीले अबहेलना, अपमान र दमन सहँदै आएका छन्। २१औँ शताब्दीसम्म आइपुग्दा पनि हाम्रो सामाजिक चेत परिवर्तन हुन सकेको छैन।

अहिले पनि कुनै पुरुषलाई होच्याउन, अपमानित गर्न, असक्षम देखाउन वा तल देखाउन जानेर वा नजानेरै नारी (पहिरन) वा पारलैंगिक व्यक्तिहरूसँग तुलना गर्ने गरिन्छ। समाजमा अहिले पनि दुई पुरुषबीच झगडा हुँदा 'रे मौगी छे कि, दम न हउ ?'(तिमी महिला हौ ? दम छैन ?) भन्ने गरिन्छ। पितृसत्तात्मक साेचकै उपज मान्नुपर्छ, अहिलेको विकसित भनिएको समाजमा पनि महिलाको पहिरनलाई कमजोर वा असक्षमको बिम्बका रूपमा प्रयोग गर्ने गरिएको छ।

भारतीय अभिनेता नाना पाटेकर अभिनीत एउटा सिनेमामा मुख्य अभिनेत्रीले बोलेको डाइलग म अहिले पनि सम्झन्छु। उनी भन्छिन्, ‘केही गर्न सक्दैनौ भने मेरो चुरा पहिरेर बस।’ त्यसवेला निकै चर्चित योे डाइलग सुन्नेबित्तिकै दर्शकले निकै ताली पिट्थे। समय बित्दै जाँदा कसैलाई अपमानित गर्न महिला वा यौनिक तथा लैंगिक अल्पसंख्यकको भावनामा ठेस पुग्ने शब्दको प्रयोगमाथि बन्देज लाग्नुपर्ने बहसहरू हुँदै आए। कानुनी र ‘बौद्धिक वर्ग’मा अहिले त्यस्ता शब्दहरू प्रयोग गर्न नहुने मान्यता स्थापित भए पनि व्यवहारमा भने अझै त्यस्ता शब्द प्रयोग गर्ने, त्यस्ता दृष्य हेर्ने र ताली पिट्ने जमात ठूलै छ।

सामाज रूपान्तरण भइरहे पनि यस्ता कार्यहरू रोकिएका छैनन्। नारीलाई देवी मानेर सम्मान दिनुपर्छ भन्ने संस्कार र समान अधिकार दिनुपर्छ भन्ने कानुन हुँदासमेत हाम्रो समाजमा यस्ता असंवेदनशील घटनामा कमी आएको छैन। हालै यस्तै घटना मधेस प्रदेशको राजधानी जनकपुरमा घट्यो।

सिराहास्थित मारुती  सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता गर्नुपर्ने मागसहित चुरे अभियानकर्ता र सुकुमबासी दुई साताभन्दा बढी समयदेखि मुख्यमन्त्री कार्यालयअगाडि आन्दोलनमा थिए। मुख्यमन्त्री लालबाबु राउतले कुनै भूमिका खेल्न नसकेको भन्दै आन्दोलनरत उनीहरूले मुख्यमन्त्रीलाई सारी, पेटिकोट र चुरा दिन खोजेपछि यसले महिलाको नै अपमान गरेको छ। आन्दोलनका अरू थुप्रै विकल्प हुँदाहुँदै उनीहरूले मुख्यमन्त्रीलाई कमजोर र असक्षम देखाउन महिलाको पहिरन दिएर महिलाको अवहेलना गरे।

सारी, पेटिकोट, चुरा लगाउनेहरु असक्षम हुन् भन्ने देखाउन उनीहरूले प्रयोग गरेको बिम्बले मुख्यमन्त्री असक्षम हुन् भन्ने देखाउनेभन्दा पनि हाम्रो सामाजिक चेत कस्तो छ भन्ने देखाएको छ। अभियानकर्मीकै यो स्तरको महिलाद्वेशी सोच छ भने आममानिसको बुझाइ कस्तो छ होला ! हामी आफैँ अनुमान लगाउन सक्छौँ।

मुख्यमन्त्रीलाई सारी, पेटिकोट र चुरा दिन लागिएको उक्त आन्दोलनमा महिलाहरूकै संख्या उल्लेख्य हुनु झनै सोच्नुपर्ने बनाएको छ। उनीहरूले जानेर वा नजानेर यस्तो गरे, त्यसको छुट्टै बहस होला। पुरुष वा महिला जो भए पनि, अझै हाम्रो समाज पितृसत्तात्मक सोचबाट बाहिर आउन नसकेको यसले प्रस्ट पारेको छ।

मारुती सिमेन्टले अनधिकृत जग्गा कब्जा गरेको हो भने फिर्ता गर्नै पर्छ। यसमा दुईमत छैन। आन्दोलन सफल होस् र सुकुमबासीले न्याय पाऊन् भन्ने शुभकामना छ। तर, आन्दोलनको स्वरूप भने कसैलाई होच्याउने, तल देखाउने वा अपमानित गर्ने खालको हुनुहुँदैन। उक्त आन्दोलनमा बालबालिकाको समेत प्रयोग भएको भन्दै निन्दासमेत भएको छ। मुख्यमन्त्रीले तत्काल आन्दोलनकारीको माग सम्बोधन गर्नुपर्छ। सँगै, जानाजान वा अन्जानमै भए पनि आफ्नो हर्कतबाट नारीको अपमान गरेको कुरा आन्दोलनकारीहरूले पनि बोध गर्न आवश्यक छ।