१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

काठमाडौं बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौं महानगरपालिका– १६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड फुटवेयरमा आज बिहान करिब साढे ११ बजे लागेको आगो झन्डै तीन घन्टापछि नियन्त्रणमा आएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सातवटा दमकल र १७ वटा पानीको ट्यांकरको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको हो। विद्युत् ‘सर्ट’ भएर लागेको आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहित एक सय ७५ जनाको टोली आगो नियन्त्रणमा खटिएका थिए। यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो। 

आगलागीमा करोडौँ मूल्यबराबरको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिए। घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान थालेको बताइएको छ।