मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
एमाले केन्द्रीय कार्यालय । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘स्कुल’ चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

नेकपा एमालेको केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ। विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रशिक्षण जनसंगठनबाट सुरु गर्न लागिएको छ। २ भदौदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अनेरास्ववियु र दोस्रो लटमा युवा संघका कार्यकर्ताहरू सहभागी हुनेछन्। त्यसपछि क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभित्रै आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

तीनदिने प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोगलगायतका विषयमा नेताहरूले प्रशिक्षण दिने योजना विभागले बनाएको छ। चुनाव सकिएलगत्तै पुसबाट पुनः प्रशिक्षण कक्षालाई निरन्तरता दिने गरी वार्षिक कार्ययोजना पास गरेको विभागका उपप्रमुख ईश्वरी रिजालले जानकारी दिए।