१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजेन्द्र महतो भन्छन्, ‘उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए। उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए। उनले जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नका लागि कुनै कठिन नरहेको बताए।

उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छाैँ। गठबन्धनको सवाल पनि उठिरहेको छ, तर अहिले पाँचदलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौँ दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’