मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ल्यान्डफिल साइटमा भएका उपकरण र फोहोर बोकेका गाडी तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणहरू तोडफोड भएको छ। बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने सवारीसाधनहरू गएराति तोडफोड भएको हो।

काठमाडौं महानगरपालिकाका दुई डोजर र एउटा एक्स्काभेटरसहित आलेटारनजिकै पार्किङ गरेर राखिएका गाडीहरूमा तोडफोड भएको महानगरले जनाएको छ। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरू रात परेर फोहोर खन्याउन नभ्याएपछि आलेटारनजिकै पार्किङ गरेर राखिएको थियो।

‘राति ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो। हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ। त्यहाँबाट पत्र आएपछि वास्तविकता यकिन हुन्छ,’ महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले भनिन्, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ।’

तोडफोड भएकामध्ये क्यापिङ गर्ने र फोहोर पेल्न प्रयोग हुने डोजर र एक्स्काभेटर चलाउनै नसकिने अवस्थामा रहेको महानगरले जनाएको छ। रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ।