१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार १३:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छ : कानुनमन्त्री कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार १३:२१:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताए।

लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै उनले निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानुन परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पारे।

‘निर्वाचनसम्बन्धी केही कानुनको गृहकार्य जारी छ। निर्वाचन आयोगले पनि त्यसमा काम गरिरहेको छ। कतिपय अप्ठ्यारो भएको कुरामा सुधार गर्न, पुनरावलोकन गर्न सरकार हमेसा तत्पर छ। त्यस्तो ठाउँ देखिएको अवस्थामा त्यसलाई कानुन बनाएर ती अप्ठ्यारोहरू हटाउन सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु,’ उनले भने।

मन्त्री शर्माले नेपालको कानुनले समावेशीकरण र समानताको कुरालाई अंगीकार गरेकाले कानुनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए। उनले महिलाहरूलाई समान रूपमा प्रतिनिधित्व गराउन दलीय संरचनाभित्र सुधार आवश्यक रहेको औँल्याए।