Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार १०:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार १०:१७:००

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री  यीबाट निमन्त्रणा पाएको नौ महिनापछि मंगलबार उनी चीनको औपचारिक भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री खड्कालाई समकक्षी वाङले गत २ कात्तिकमा पहिलोपटक टेलिफोन कुराकानीका क्रममा चीन भ्रमणको निम्ता गरेका थिए । 

खड्का चीन भ्रमण गर्न लागेका वर्तमान सरकारका पहिलो प्रतिनिधि हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले मंगलबारदेखि बिहीबारसम्म भ्रमण गर्नेछन् । शेरबहादुर देउवा नेृतत्वको सरकारको पहिलो चिनियाँ पाहुनाका रूपमा विदेशमन्त्री वाङले यसअघि चैतमा नेपाल भ्रमण गरेका थिए । 

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच बुधबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । मन्त्री खड्काको भ्रमण टोलीमा परराष्ट्रसचिव भरतराज पौड्याल, परराष्ट्रको उत्तर–पूर्वी महाशाखा हेर्ने अधिकारी सहभागी पनि हुनेछन् । बेइजिङबाट नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।