१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राष्ट्रिय सभा बैठक । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सांसदहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार १७:१७:००

सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसक्दा पनि नेपालमा नघटाइएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । 
राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले भारतबाट दुईपटक मूल्य घटेर आइसक्दा पनि यहाँ मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराए । 
सांसद दिलकुमारी रावल थापा, दीपा गुरुङ, खिमलाल देवकोटा, गोमादेवी तिमल्सिनालगायतले शून्य समयमा विभिन्न विषयमा बोलेका थिए । सांसद थापाले वर्तमान सरकार जनउत्तरदायी हुन नसकेको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्नसमेत माग गरिन् ।