मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २३ सोमबार १६:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २३ सोमबार १६:०१:००

विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दी वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा चार हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भए पनि पहिचान पाउन भने बाँकी छ । लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्समा ‘टप अफ दी वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो । 

प्रतियोगिता तीन बाई चार स्टेबलफोर्ड फर्म्याटमा कुल नाै ‘होल’मा खेलाइनेछ । लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउनेछ । पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लबले बताएको छ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्सको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गर्ने बताए ।