Skip This
निर्वाचन घोषणापछि प्रतिनिधिसभा बैठक राखेर राज्य दोहन गरियो : खिमलाल देवकोटा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन घोषणापछि प्रतिनिधिसभा बैठक राखेर राज्य दोहन गरियो : खिमलाल देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरूको कार्यकाल समाप्त भएको बताए।

उनले कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरे। संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधानअनुसार सभामुख र उपसभामुखबाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताए।

‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुखबाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ। कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राख्न पाइँदैन। पसल खोल्न पाइँदैन। राज्यको दोहन गर्ने काम बन्द होस्,’ उनले भने।

निर्वाचनको मिति घोषणा भएपछि सरकार, प्रतिनिधिसभा र प्रदेश सभा कामचलाउ भएकाले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न तथा नीति तथा कानुन नबनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए।