Skip This
‘को–हजबेन्ड’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका एटलाण्टा
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘को–हजबेन्ड’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, एटलाण्टा
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

बहुपति प्रथाबारे निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले अमेरिकामा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ। अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म आयोजित आठौँ कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन सोमबार भएको अवार्ड समारोहमा ‘को–हजबेन्ड’लाई उक्त अवार्ड घोषणा गरिएको हो।

अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए। आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यो संस्करणमा ६ सयवटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनाेट भएका थिए।

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एन्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो। ‘को–हजबेन्ड’ले अहिलेसम्म सातवटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेन्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।

यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो। विश्वका एक दर्जनभन्दा बढी चलचित्र महोत्सवमा छनाेट भइसकेको ‘को–हजबेन्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औँ इन्टरनेसनल फिल्म फेस्टिभल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेबल मेन्सन अवार्ड जितेको थियो।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्मलाई निर्देशक पाण्डेले करिब चार वर्षको छायांकन र रिसर्चबाट निर्माण गरेका हुन्। साइन मिडिया प्रालिले निर्माण गरेको वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन्। वृत्तचित्रको निर्माता शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन्। ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले क्यामेरामा कैद गरेका डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत संयोजन गरेका छन्।