मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूल्यवृद्धिबारे सांसद चौधरीको आरोप– गठबन्धन ‘खुस्कने’ डरले सरकार हात बाँधेर बसेको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

सांसद शान्ता चौधरीले बजारमा मूल्यवृद्धि अत्यधिक बढ्दासमेत सरकार टुलुटुलु हेरेर बसिरहेको आरोप लगाएकी छिन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्।

मूल्यवृद्धिका कारण एक झोला सामान किन्न एक झोला पैसा चाहिने अवस्था आएको उल्लेख गर्दै उनले महँगी नियन्त्रण गरे गठबन्धन नरहने चिन्ताका कारण सरकार मौन बसेको आरोप लगाइन्।

उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने अवस्था आउन सक्छ। धनीले त किनेर खान सक्लान्, तर गरिबको घरमा चुलाे नबल्न सक्छ। महँगीको नाममा भोकमरी आउन सक्छ। सरकारको काम महँगीको  साक्षी बस्ने होइन, नियन्त्रण गर्ने हो ।’

कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीतिका कारण महँगी बढेको उनको बुझाइ छ। ‘सरकार महँगी नियन्त्रणभन्दा पनि गठबन्धन खुस्किन्छ कि भन्ने चिन्ताले हात बाँधेर बसेको छ,’ सांसद चाैधरीले  भनिन्।