१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारको असफलता भण्डाफोर गरेर  मत बढाउन पोखरेलको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३२:oo

एमाले महासचिव शंकर पोखरेलले जनताको रुझान सत्तागठबन्धनको विपक्षमा देखिँदै गएको दाबी गर्दै सरकारको असफलता भण्डाफोर गरेर आमनिर्वाचनमा मत बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो निर्देशन दिएका हुन् । ‘जनताको झुकाव आमरूपमा संस्थापनविरुद्ध देखा पर्‍यो र अब आउने चुनाव हामी सत्ताविरुद्ध लड्दै छौँ । जनताको रुझान सत्ताको विपक्षमा रह्यो र त्यो सत्तासँग चुनाव लड्दै छौँ, जुन सत्ता असफल भएको छ,’ पोखरेलले भने, ‘त्यस अर्थमा सत्ताको विरोध र भण्डाफोर जति तीव्र बनाउँछौँ, एमालेको भोटमा त्यति वृद्धि गर्न सकिन्छ भन्ने लाग्छ ।’

अहिलेकै तरिकाबाट सरकार अगाडि बढे मुलुक एक वर्षपछि श्रीलंका बन्ने खतरा देखिएको दाबी गर्दै पोखरेलले भने, ‘यो सरकार यदि यही तरिकाबाट अगाडि बढ्यो भने एक वर्षपछाडि हाम्रो विदेशी मुद्राको सञ्चिति शून्य अवस्थामा पुग्नेछ र हामी श्रीलंकाको बाटोमा जान बाध्य हुनेछौँ । त्यस अर्थमा यो सरकार कति अक्षम छ, नालायक छ, अयोग्य छ भन्ने कुरा यो तथ्यले उजागर गरेको छ ।’

सरकारले जनतालई महँगी र भ्रष्टाचार मात्रै उपहार दिएको उनको भनाइ थियो । ‘हामीले छोड्दा यो मुलुकमा मूल्यवृद्धि दर ३ दशमलव ६ प्रतिशतमा थियो, त्यो बढेर अहिले ८ दशमलव ५६ प्रतिशत पुगेको छ । दोब्बरभन्दा बढी मूल्यवृद्धि भएको छ । जनताको जीवन कष्टप्रद बनेको छ । गठबन्धन सरकारले जनतालाई महँगी र भ्रष्टाचार उपहार दियो भन्नेखालको योभन्दा अर्को तथ्य के हुन्छ ?’ पोखरेलले भने, ‘एक प्रकारले माफियातन्त्र, दलाल नोकरशाही पुँजीवादलाई प्रवद्र्धन गर्ने सरकारका रूपमा अगाडि आयो । यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव छैन ।’