मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २१ शनिबार १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री हुने नेता सिंहको चाहना, भन्छन्– देश कसरी कायापलट गर्ने देखाउँछु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १६:३५:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘फर्स्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताए । उनले नेपाली कांग्रेस तथा सरकारका विभिन्न जिम्मेवारी सम्हालिसकेको बताउँदै नम्बर वन म्यान बनेर देशको सेवा गर्न चाहेको बताए । 

नेता सिंहले असल नियत भएको र लोभ नभएको नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने दाबी गरे । जनतालाई अधिकार दिलाउने काम नेपाली कांग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतिको अभियानमा कांग्रेसले नै नेतृत्व गर्ने उनले बताए । ‘मलाई साथ दिए, मौका पाएँ भने, मैले त तल्लोस्तरदेखि माथिल्लोस्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु’, उनले भने, ‘नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरू ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्नेकुरा म देखाउन चाहन्छु ।

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले ‘रोइरहेको’ आरोपसमेत लगाए । उनले एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाउनुभयो । नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने उनको तर्क थियो ।