१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा जातीय–क्षेत्रीय संकीर्णताको बाटोमा लागेपछि पार्टी पुनर्गठन : भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन्। जसपाले देश र जनताको हित गर्न नसक्ने निष्कर्षसहित आफूहरूले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न पार्टी पुनर्गठन गर्न बाध्य हुनुपरेको बताए।

ललितपुरको बालकुमारीमा आज शनिबार सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको स्पष्ट पारे ।

‘जो मानिस उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए, उनीहरूले रुपान्तरणको कुनै संकेत देखाएनन्। उल्टै पार्टीलाई एउटा नयाँ ढंगले विघटनको दिशातिर, विर्सजनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे। त्यसबाट यो पार्टी रूपान्तरण हुन सम्भव छैन, यसलाई पुनर्गठन नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेर जनता समाजवादी पार्टी संकीर्ण जातीय, क्षेत्रीय बाटोमा पतन हुने देखियो,’ भट्टराईले भने ।