Skip This
ओलीको ठोकुवा– आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको ठोकुवा– आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने ठोकुवा गरेका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशलाई हार्न नदिनका लागि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । 

सत्तारुढ गठबन्धनले देशलाई दुर्गतिमा डुबाएको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको जिकिर गरे । ‘मुख्य फोकस चाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो । आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन,’ ओलीले  भने, ‘नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाइरहन्छ ।’  एमालेले हार्दा देशले हार्ने उनकाे दाबी थियाे । 

वर्तमान सरकारले एक वर्षको अवधिमा देशलाई निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको उनको आरोप थियो । सत्तागठबन्धनप्रति लक्षित गर्दै उनले भने, ‘यिनको कुनै गन्तव्य नै छैन । अब मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेब । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्ता-यस्ता गन्तव्य लिएर हिँडका छन् यिनीहरू । त्यसका लागि जे पनि गर्छन् । यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन् । माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या । उनको गन्तव्य सन्तव्य केही पनि छैन ।’

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी पनि गरे । पार्टीको सरकार नढल्नका लागि पनि  आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ थियो । उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै पनि आफूले गरेको विघटनलाई बदर गर्ने र अरूले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको तर्क गरे ।

‘हामीलाई दुईतिहाइ बहुमत चाहिने हो । तर, तत्कालका लागि त्यो सम्भावना छैन,’ अध्यक्ष ओलीले भने, ‘तर सम्भावना के छ भन्दा हामीले इमान्दार प्रयासलाई संगठित ढंगले, योजनाबद्ध ढंगले अगाडि बढायौँ भने बहुमत प्राप्त गर्न सक्छौँ । सरकार गठन गरेपछि पनि अप्ठयारो नपर्ने गरी हामीले बहुमतको सरकार बनाउनुपर्दछ । तर, भने फेरि अदालतको प्रयोग गरेर हामीलाई अप्ठयारो पार्न सक्दछन् ।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हो । तर, व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले समेत फैसला गर्ने गरेको छ ।’