मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार १७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री नेतृत्वकाे विपद् व्यवस्थापन समितिको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार १७:११:००

गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आज साँझ सिंहदरबारमा बस्दै छ । साँझ साढे ५ बजे गृह मन्त्रालयको सभाहलमा बस्ने बैठकमा कोसी बाढीको क्षतिको समीक्षा गर्दै आगामी दिनमा बाढीपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि गृहमन्त्री खाणले केही निर्देशन दिने बताइएको छ । 

समितिमा सहरी विकास, स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँगै सचिवहरू सदस्य रहेका छन्। त्यस्तै, नेपाली सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन् भने विपद् प्राधिकरणका कार्यकारी प्रमुख सदस्यसचिव रहने व्यवस्था छ ।

प्राधिकरणले यस वर्ष बाढीपहिरोबाट २० लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । समितिको बैठक यसअघि ३० जेठमा बसेको थियो ।