निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ १ बुधबार
  • Wednesday, 17 August, 2022
२०७९ श्रावण २० शुक्रबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि लिने धेरै

Read Time : < 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार १५:५७:००

गोरखामा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । आर्थिक वर्ष ०७८/७९ मा १६  हजार ४७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । १२ हजार ८६ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् भने आठजनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । 

आर्थिक वर्ष ०७८/७९ मा तीन सय २४ नाबालक परिचयपत्र वितरण गरिएको छ भने आठ सय २० वटा पेन्सनसम्बन्धी कागजात प्रमाणति गरिएको र दुई हजार एक सय ९७ वटा जनजाति–दलित–मुस्लिम प्रमाणित कार्ड वितरण गरिएको उनले जानकारी दिए ।