१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १९:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी सभामुख न्यान्सीविरुद्ध खनिए युएनका महासचिव, भने- 'एक चीन नीतिको पालना गर्छौं'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२१:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सिर्जना गरेको बताए। उनले विश्व निकायको एक चीन नीति रहेकोसमेत स्पष्ट पारे।

युक्रेन संकटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सोबारे स्पष्ट पारे। 'हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालत हुन्छ,' गुटेरेसले भने। 

संयुक्त राष्ट्रसंघको महासभाले  सन् १९७१ मा प्रस्ताव  २७५८ पारित गरेको थियो जसले संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको वैध अधिकार पुनर्स्थापित गर्दै पिआरसी सरकारका प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघमा चीनको एक मात्र वैध प्रतिनिधिको रूपमा मान्यता दिने निर्णय गरेको थियो।