१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ७ बिहीबार १७:२२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

तराईमा होलीको हर्षोल्लास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ७ बिहीबार १७:२२:००

धनगढीबाट तेजराज भट्ट 

कैलाली–कञ्चनपुरका बासिन्दाले बिहीबार हर्षोल्लासपूर्वक होली मनाइरहेका छन् । परिवार, आफन्त, इष्टमित्र छरछिमेकीबीच अबिर दलेर खुसी साटासाट गर्दै होली धुमधामसँग मनाइदैछ ।

प्रदेश राजधानी धनगढीमा ठाउँठाउँमा होली पर्व विशेष कार्यक्रमहरु भइरहेका छन् । कैलाली–कञ्चनपुरमा हिजोबाटै होली सुरु भएको हो । यसैबीच होली पर्वमा उच्छृङ्खल गतिविधिमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । जबरजस्ती लोला हान्ने, महिलामाथि दुव्यर्वहार गर्ने, झै झगडा गर्ने, मदिरा सेवन गरेर सवारी साधन चलाउने, होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुमाथि गल्तीको आधारमा मुद्दा चलाइने प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए ।

झापाबाट लक्ष्मी काफ्ले
बिहीबार दिनभर हर्षोल्लासपूर्वक झापाबासीले होली मनाएका छन् । बिर्तामोडको मुक्तिचौक वरपर होली खेल्नेको भीडले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन आवतजावतमै कठिनाइ भएको थियो । सडक खुलाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

भद्रपुर, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा, दमकलगायतको मुख्य सहरमा बिहीबार भव्य रुपमा होली मनाइएको छ । बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री बढेको छ । झापाको चोकचोकमा होली मनाउनेहरुले नाच गान गरेका छन् ।

धराबाट देबेन्द्र कार्की