१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगन - बालेन भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

कांग्रेस महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । 
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै शाहसँगको भेट सार्वजनिक गरेका हुन् । भेटमा काठमाडौंको फोहोर व्यवस्थापन, सार्वजनिक यातायातको व्यवस्थापनलगायका विषयमा छलफल भएको थापाले जनाएका छन् । 
‘हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भयो,’ महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ ।’
दुईबीच रातोपुलस्थित थापाको निवासमा भेट भएको हो । महानगरको प्रमुखमा निर्वाचित भएपछि प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूसँग भेटघाट गर्दै आएका शाह कांग्रेस महामन्त्रीलाई भेट्न पुगेका थिए ।