१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बझाङमा दुई मतदानस्थल थप र चारको स्थान परिवर्तन गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ। जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छबिसपाथिभेरा गाउँपालिका– ५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका– ४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो। मतदानस्थल थप गर्न निवेदन आएपछि सोही आधारमा थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय ३५ मतदानस्थल हुनेछन्।

मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा रहेका र मतदानस्थल भएका विद्यालयमा बाढीपहिराले क्षति पुर्‍याएपछि मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै, थलारा गाउँपालिका– ६ पिखेतामा रहेको त्रिभुवन आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएपछि वडा कार्यालयमा, थलारा– ८ को शैलेश्वरी आधारभूत विद्यालय देवस्थलीमा पनि पहिरोले क्षति पुर्‍याएपछि वडा कार्यालयमा, साइपाल गाउँपालिका– ५ धुली माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा नागरिकले पायक नपर्ने बताएपछि एराङपुरी डाँडामा रहेको सामुदायिक भवनमा र खप्तडछान्ना गाउँपालिका– १ जगदम्बा आधारभूत विद्यालयमा पहिरोले क्षति गरेपछि विद्यालय भवन नै अन्यत्र सारेकाले मतदानस्थल पनि विद्यालय सारेको ठाउँ बयालपाटामा सारेको बताइएको छ।