मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले बिजुलीको पोल ढल्दा बेँसीसहर–चामे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४९:oo

पहिरोका कारण बिजुलीको पोल ढल्दा मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए।

सडकमाथिबाट पहिरो खसेर सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले जनाएको छ।