१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १९ बिहीबार ०९:०२:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

‘हिताचीलाई नेपालमा उत्कृष्ट तीन ब्रान्डभित्र पार्ने लक्ष्य छ’

Read Time : > 2 मिनेट
२०७९ श्रावण १९ बिहीबार ०९:०२:००

आर्सेलिक र हिताची ग्लोबल लाइफ सोलुसन्स इंकबीचको संयुक्त उद्यमका रूपमा हिताची विश्वव्यापी व्यावसायिक ब्रान्ड हो । आर्सेलिकले आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वका एक सय ५० देशमा विस्तार गरेको छ । आर्सेलिकले युरोपमा बजार लिएको छ भने हिताची जिएलएसले दक्षिण–पूर्व एसिया र मध्यपूर्वमा व्यवसाय सञ्चालन गर्दै आएको छ । दुवै कम्पनीको साझेदारीमा हिताचीले चार उत्पादन हिताची माइक्रोवेब ओभनका चार मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याकुम क्लिनर सार्वजनिक गरेका छन् । आरसेलिक हिताची होम अप्लायन्स सेल्स (सिंगापुर)का प्रबन्ध निर्देशक चेन टेक बेङ र व्यापार विकास विभागका महाप्रबन्धक तरुण जैनसँग नयाँ पत्रिकाले गरेको संवादः

नेपाली बजारलाई हिताचीले कसरी हेरेको छ ?
हामीले दीर्घकालीन सोचका साथ योजना बनाएका छौँ । भविष्यमा प्रत्येक नेपालीको घरघरमा हिताचीको उत्पादन प्रयोगमा आओस् भन्ने हाम्रो उद्देश्य हो । अन्य देशहरूमा पनि हामीले त्यही उद्देश्य  लिएर काम गरिरहेका छौँ र सफल पनि भएका छौँ ।विगतमा केही आर्थिक तथा राजनीतिक समस्या देखिए पनि अहिले नेपाली बजारमा सुधार आइरहेको छ । कुल गार्हस्थ्य उत्पादनलगायत अर्थतन्त्रका अन्य सूचक सबै सकारात्मक देखिएका छन् ।

आर्सेलिक र हिताचीले साझेदारी गरिरहेको छ । हामीले दुवै कम्पनीका सुविधाको लाभ एकैपटक दिइरहेका छौँ । यसले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउनुका साथै नवीन उत्पादन सस्तो मूल्यमा उपलब्ध गराउन मद्दत पुगेको छ ।हाम्रो स्वार्थ भनेको उपभोक्तालाई लाभ पुर्‍याउने नै हो । कुनै पनि नयाँ प्रविधिका उत्पादनलाई भ्यालु एडिसन गरेर उपभोक्तासम्म सस्तो मूल्यमा पुर्‍याउने एक मात्रै हाम्रो ध्येय हो । उपभोक्ताले हाम्रो उत्पादनलाई भ्यालु एडिसन ब्रान्डका रूपमा लिन्छन् । 

हाम्रो स्वार्थ भनेको उपभोक्तालाई लाभ पुर्‍याउने नै हो । कुनै पनि नयाँ प्रविधिका उत्पादनलाई भ्यालु एडिसन गरेर उपभोक्तासम्म सस्तो मूल्यमा पुर्‍याउने एक मात्रै हाम्रो ध्येय हो । 

नेपाली बजारमा कस्ता उपकरण आवश्यक छन् भन्ने लाग्छ ?
हामिले नेपाली बजारको आवश्यकताअनुसार निकट भविष्यमै नयाँ उत्पादन भित्र्याउने तयारीमा छौँ । हामीले अति सजगताका साथ बजार अध्ययन गरेका छौं । त्यस्तै, आयातको तथ्यांक पनि केलाएका छौँ । नेपाली बजार कुन दिशातर्फ गइरहेको छ भन्ने अध्ययन गरेका छौँ । पछिल्लो समयमा वासिङ मेसिनको बजार बढ्दै गइरहेको छ । कोभिडका कारण घरभित्रै बस्ने बानी परेकाले धेरैजसोले घरमै लुगा धुने गरेका छन् । यसले वासिङ मेसिनको बजारमा वृद्धि भएको छ । हामी नयाँ रेन्जको वासिङ मेसिनको तयारीमा छौँ । हालसम्म हामीले चार किसिमका सामान बिक्री गरिरहेका छौँ । बिस्तारै हामी अरू उत्पादन थप्दै जानेछौँ । हामीले सबै किसिमका घरायसी सामानलाई आफ्नो प्रमुख बजार मानेका छौँ । 

कम्पनीको बजार रणनीतिबारे बताउन मिल्छ ?
यसको जवाफ वितरकहरूले बढी सहज तरिकाले दिन सक्छन् । तर, हामीले देशभरका वितरकहरूसँग समन्वय गरिरहेका छौँ । हामीले बिक्री–वितरण मात्रै नभई त्यसपछिका सेवामा समेत ध्यान दिइरहेका छौँ । बजार हिस्सा बढाउने अनलाइन–अफलाइन दुवै किसिमका सुविधालाई ख्याल गरेका छौँ । खासगरी सामान बेचिसकेपछि दिनुपर्ने सेवालाई बढी चासो दिइरहेका हुन्छौँ । जुन निकै महत्वपूर्ण छ । 

नेपाली बजारमा उत्कृष्ट तीन ब्रान्डभित्र पर्ने हाम्रो लक्ष्य हो । हाम्रो युनिक सेलिङ प्वाइन्ट (युएसपी) भनेको व्याख्या गर्न निकै जटिल विषय हो । सबै उत्पादनको आ–आफ्नै युएसपी हुन्छन् । हाम्रा उत्पादनले नै देखाउँछ युएसपी के हो भन्ने । त्यसमाथि हामी दाबी गर्छौँ हिताची ब्रान्ड आफैँमा युएसपी हो । हामीले निश्चित समुदायभन्दा पनि सम्पूर्ण बजार क्षेत्रलाई केन्द्रमा राखेका छौँ । हामीले ल्याउने सामानले उपभोक्तालाई मूल्यअनुसार केही न केही लाभ पुर्‍याउन खोजेकै हुन्छ । हामी मूल्यका सवालमा सधैँ प्रिमियम सेग्मेन्टमै छौँ । 

नेपाली बजारमा सर्वाधिक बिक्री हुने सामान कुन हो ?
हामीले अधिकांश सामान थाइल्यान्डबाट ल्याउँछौँ । सबै वस्तुको माग उस्तै छ । रेफ्रिजेरेटर हाम्रो मुख्य उत्पादन हो । नेपाली बजारमा रेफ्रिजेरेटरको माग बढ्दो छ । तर पछिल्लो समय वासिङ मेसिनको माग ह्वात्तै बढिरहेको छ । 

कम्पनीको भावी योजना के–के छन् ?
एक वर्षमा एक सय ५० अफलाइन स्टोर राख्ने उद्देश्य छ । हामीले स्थानीय अनलाइन बजारमार्फत पनि सामान बेचिरहेका छौँ । कोभिडले गर्दा अनलाइनमार्फत कारोबार बढिरहेको छ । अनलाइनको बजार सानो भए पनि बढ्दो छ । नेपाली बजारमा अफलाइनको हिस्सा ९० प्रतिशत र अनलाइन १० प्रतिशत छ । तर, आगामी वर्ष अनलाइनको हिस्सा दोब्बरले बढ्ने अनुमान छ । १० प्रतिशत बजार हिस्सा पुर्‍याउने हाम्रो लक्ष्य छ । यो नियमित छ । हामी आक्रामक ढंगले अघि बढिरहेका छौँ । बजार रणनीतिलाई पनि सोही ढंगले अगाडि बढाइरहेका छौँ ।